पैसा बाँडेकाे आराेपमा एमाले वडाध्यक्षका उम्मेदवार स्थानीयकाे नियन्त्रणमा

मौन अवधिमा मतदाता प्रभावित पार्न पैसा बाँडेकाे आराेपमा लमजुङमा एमालेका वडाध्यक्षका उम्मेदवार शिवप्रसाद जोशीलाई स्थानीयले नियन्त्रणमा लिएका छन्।

बेसीशहर नगरपालिका-११ रामचोक बेसीको वस्तीमा पैसा बाँडेकाे भन्दै स्थानीय शिव सेढाईको समूहले जोशीलाई बुधबार राति साढे १० बजे नियन्त्रणमा लिएकाे हाे।

जोशीको साथबाट १ लाख ३५ हजार रुपैयाँ, झोला, मोटरसाइकलको चाबी, पैसा बाँडेको नामावली भएको डायरी र अन्य कागजपत्र नियन्त्रणमा लिइएकाे स्थानीय अनिता सेढाईले बताइन्।

जाेशीविरुद्ध जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिने तयारी भइरहेकाे छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार  घटनाबारे बुझ्‍न प्रहरीलाई भनिएकाे छ।

प्रकाशित मिति: : 2022-05-12 10:05:00

प्रतिकृया दिनुहोस्