पोखरामा ६० प्रतिशत मत खस्यो, गणना भोलिदेखि

पोखरामा करिब ६० प्रतिशत मत खसेको छ। २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये ६० प्रतिशतले मतदान गरेका हुन्।

अघिल्लो निर्वाचनमा पोखरामा १ लाख ६८ हजार मतदातामध्ये १ लाख २५ हजार ८ सय ५३ मत खसेको थियो। ७४ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

अघिल्लो निर्वाचनमा अन्नपूर्णको अध्यक्ष बाहेक सबैमा एमालेका प्रमुख र उपप्रमुखमा एमालेले जितेका थिए। अन्नपूर्णका अध्यक्ष भने कांग्रेसले जितेका हुन्।

अहिले अझै कडा प्रतिस्पर्धा हुने बताइएको छ। मतपेटिका आउने क्रम सुरु भैसकेको र राती १२ बजेसम्म सबै संकलन भइसक्ने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए। उनका अनुसार शनिबार बिहानबाट मात्रै मतगणना सुरु हुनेछ।

प्रकाशित मिति: : 2022-05-13 17:41:00

प्रतिकृया दिनुहोस्