जुम्लामा स्थगित भएको शंकर मावि गज्याङकोट केन्द्रमा पुन: मतदान हुने भएको छ।
प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंका अनुसार जिल्लामा मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको बैठकले गज्याङकोट केन्द्रमा १ जेठमा निर्वाचन गर्ने निर्णय गरेकाे छ।
शुक्रबार भएकाे निर्वाचनमा मतदान स्थलमा ढुंगामुढा भएपछि सर्वदलीय बैठक बसेर निर्वाचन स्थगित गरिएको थियो। एक हजार ७ मतमा ३२० खसेको थियो। गुठिचौर गाउँपालिका निर्वाचन अधिकृत शम्भु गौतमका अनुसार मतदान केन्द्रमा ढुंगामुडा, हुलदंगासहित मतपत्र च्यातिएपछि मतदान अर्को सूचना नहुदा सम्मका लागि सो केन्द्रमा स्थगित गरिएको थियो।
जुम्लामा ७६.८३ प्रतिशत खस्यो
जुम्लामा ७६.८३ प्रतिशत मत खसेको छ। स्थानीय प्रशासनका अनुसार जुम्लाको जम्मा मतदाता ६७,७४४ मध्य एक हजार ७ रहेको मतदान केन्द्रको गणना गरिएको छैन्। बाँकी मतदाता मध्ये ७६.८३ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी प्रसाईंले जानकारी दिइन्।