काठमाडौं महानगरपालिकाको मतगणनाको प्रारम्भिक परिणाम

काठमाडौं महानगरपालिकाको मतगणनाको प्रारम्भिक परिणाम आएको छ।

वडा नम्बर १ को ७ मत गन्दा उम्मेदवार नै नभएका ठाउँमा पनि मत परेपछि गणक अलमलिएका छन्।

सात मत गन्दा उपमेयरमा एमालेकी सुनिता डंगोलले ४ मत पाएकी छन्। मेयरमा भने केशव स्थापित, सिर्जना सिंह र राप्रपाका मदनदास श्रेष्ठले दुई–दुई मत पाउँदा बालेन शाहले १ मत पाएका छन्।

प्रकाशित मिति: : 2022-05-14 11:37:00

प्रतिकृया दिनुहोस्