विराटनगर महानगरपालिकाको छ वटा वडाको मतगणना कार्य शनिबार बिहान १० बजेदेखि सुरु भएको छ।
महानगरमा रहेको १९ वडामध्ये १, २, १६, १७, १८ र १९ नं को मतगणना सुरु भएको मुख्य निर्वाचन कार्यालय विराटनरका सूचना अधिकारी होमबहादुर बुढाथोकीले बताएका छन्।
विराटनगर महानगरपालिकामा एक लाख ३३ हजार १४२ मतदाता रहेकोमा ८९ हजार ६७८(६७ दशमलव ३५ प्रतिशत) मतदान भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ।