पोखरा महानगरको मतगणना दिउँसाे २ बजेदेखि सुरु हुने

File Photo
File Photo

पोखरा महानगरपालिकाको मतगणना दिउँसाे २ बजेदेखि सुरु हुने भएको छ।

अहिले चलिरहेको सर्वदलीय बैठकले दिउँसाे २ बजेबाट गणना सुरु गर्ने निर्णय गरेको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेद्वारले साढे १२ बजेसम्म आफ्ना प्रतिनिधि पठाइसक्नुपर्नेछ।

साढे १ बजेसम्म मतपेटिका मिलाउने र २ बजेबाट गणना गरिने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।

रुपा, माछापुच्छ्रे, मादी र अन्नपूर्णको भने गणना सुरु भइसकेको छ।

प्रकाशित मिति: : 2022-05-14 12:32:00

प्रतिकृया दिनुहोस्