वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु

File Photo
File Photo

स्थानीय तहको निर्वाचनअन्तर्गत मधेस प्रदेशको एकमात्र महानगरपालिकाका पर्साको वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु भएको छ।

वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालयको ‘सी’ ब्लकमा  मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए।

पर्सामा मधेस प्रदेशको एकमात्र महानगरपालिका, वीरगञ्ज महानगरपालिकासहित अन्य तीन वटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन्। १४ वटा पालिकामध्ये हालसम्म सात वटा पालिकामा मात्र मतगणना सुरु भएको हो।

वीरगञ्ज महानगरपालिकाकासहित हालसम्म बहुदरमाई नगरपालिका, ठोरी गाउँपालिका, कालीकामाई गाउँपालिका, धोविनी गाउँपालिका, छिपहरमाई गाउँपालिका र सखुवाप्रसौनी गाउँपालिकामा मतगणना जारी छ। यद्यपि, अन्य पालिकामा सर्वपक्षीय छलफलपछि मात्र मतगणना सुरु गरिने छ।

जिल्लाको १४ वटै पालिकामा मतगणनाका लागि मतगणनास्थलमा आवश्यक फलामे तारजालीसहित सिसीटिभी जडान गरी व्यवस्थापना मिलाइएको छ। पर्सा जिल्लामा रहेका कूल १४ वटा पालिकाका विभिन्न पदका लागि कूल तीन हजार २९७ चुनावी प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति: : 2022-05-14 12:55:00

प्रतिकृया दिनुहोस्