पर्वतका सबै तहमा मतगणना सुरु

file photo
file photo

पर्वतमा सातवटै स्थानीय तहमा मतगणना भइरहेको छ। शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत सातवटै पालिकामा मतगणना सुरु भैसकेका हुन्। 

पर्वतका जलजला गाउँपालिका र पैँयू गाउँपालिकामा गएरातिदेखिनै मतगणना सुरु भएको थियो भने बाँकी ५ स्थानीय तहमा पनि आज दिउँसोदेखि सुरु भएको हो।

पर्वतमा ६५ दशमलब ३८ प्रतिशत मत खसेको थियो। जिल्लाका सातवटै स्थानीय तहमा गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच प्रतिस्पर्धा रहेको छ। 

अहिलेसम्म जलजला गाउँपालिका–१ बाँसखर्कको मात्र नतिजा सार्वजनिक भएको छ। जसमा एमालेका जगबहादुर रोका वडाध्यक्षमा बिजयी भएका छन्। 

पछिल्लो परिणामअनुसार जलजलाको अध्यक्षमा नेकपा एमालेको अग्रता कायमै रहेको छ,भने पैँयू गाउँपालिकामा कांग्रेसका उम्मेदवारका रहेको छ। उपाध्यक्षमा भने एमालेको यामकुमारी रानाको अग्रता रहेको छ।
 
महाशिला गाउँपालिकामा पनि दिउँसो १ बजेदेखि मतगणना सुरु भएको हो। सदरमुकाम कुश्मा नगरमा मतगणना भर्खरै सुरु मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले  बताए।

उता फलेवास नगरपालिकामा पनि वडा नं १ कार्कीनेटा र वडा नंं ११ पाङराङको मतगणना सुरु भएको छ। दुवै नगरमा मतपरिणाम सार्वजनिक भइसकेको छैन। 
 

प्रकाशित मिति: : 2022-05-14 15:30:00

प्रतिकृया दिनुहोस्