ताप्लेजुङका आठ स्थानीय तहमा मतगणना जारी

RSS
RSS

शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङ जिल्लाका आठ स्थानीय तहमा मतगणना जारी छ।

नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिका–७ याङमा, गोला घुन्सा र ग्याप्लाको मतदान केन्द्रको मतपेटिका आउन बाँकी रहेकाले त्यहाँको मतगणना बाँकी रहेको त्यहाँकोे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार फुङ्लिङ नगरपालिकासहित आठवटा पालिकाको मतगणना सुरु भएको हो। 

जिल्लाका ८९ हजार ६८० मतदातामध्ये ६४ प्रतिशत अर्थात् ५७ हजार ८९१ मत खसेको थियो। यता मेरिङ्देन गाउँपालिका–६ नाल्बुमा भने नेकपा एमालेका मनोजकुमार तुम्बाहाम्फेसहितको टोलीले बिजयी भएको छ।

    

प्रकाशित मिति: : 2022-05-14 16:24:00

प्रतिकृया दिनुहोस्