अस्मिना नेपालको लागि खेल्ने २३औं खेलाडी

File photo
File photo

अस्मिना कर्माचार्यले नेपालको प्रतिनिधित्व गर्दै टी-२०  अन्तर्राष्ट्रिय खेल खेल्ने २३औं खेलाडीको रूपमा डेब्यू गरेकी छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबारदेखि सुरु भएको  युगान्डाविरुद्धको पहिलो टी-२० को प्लेइङ ११ मा परेकी कर्माचार्यलाई कप्तान रुबिना क्षेत्रीले डेब्यु क्याप प्रदान गरिन्।

पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजिसकेको छ। 

घरेलु प्रतियोगितामा ललितपुर मेयर ११, विराटनगर टाइटन्सलगायत टिमबाट घरेलु प्रतियोगिता खेल्दै आएकी कर्माचार्य दायाँ हाते तीव्र गतिकी बलर हुन्।

नेपालले युगान्डाविरुद्ध पाँच टी-२० खेल खेल्नेछ । 

प्रकाशित मिति: : 2022-05-16 13:31:00

प्रतिकृया दिनुहोस्