विद्यालय शिक्षामा ड्रपआउट अत्यधिक

राजधानी दैनिक

डा.देवीप्रसाद आचार्य

२०७८ सालको विद्यालय शिक्षाको परीक्षामा देशभरिबाट ४ लाख, ९४ हजार ६ सय ८१ जना विद्यार्थी संलग्न भएका छन् ।

यस वर्ष परीक्षा दिएका विद्यार्थी २०६९ सालमा कक्षा १ मा भर्ना भएका हुन् । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार २०६९ सालमा कक्षा १ मा कुल विद्यार्थीको भर्ना संख्या १२ लाख ७६ हजार २ सय ४० रहेको छ । तर, जम्मा ४ लाख, ९४ हजार ६ सय ८१ जना विद्यार्थीले यस वर्ष परीक्षा दिए ।

यसको अर्थ १ कक्षाबाट १० कक्षासम्म आइपुग्दा ७ लाख ८१ हजार ५ सय ५९ विद्यार्थी हराएको भन्ने हुन्छ । बिचैमा हराउनुको अर्थ विद्यार्थी ड्रपआउट हुनु हो । यसरी हेर्दा विद्यालय शिक्षामा ड्रपआउट हुनेको संख्या अत्यधिक रहेको देखिन्छ ।

त्यसो त भर्ना भएका विद्यार्थीमध्ये केही संख्यामा कक्षा चढ्न नसकेर उही कक्षामा पुनः अध्ययन गरेका पनि छन् । तथापि, बिचैमा विद्यालय छाड्ने विद्यार्थी संख्या ठूलो रहेको छ । किन विद्यार्थीले बिचैमा पढाइ छाड्छन् ? विद्यालय शिक्षा पूरा गर्न नसक्नुका कारणहरू के के हुन् ? किन यति ठूलो संख्याका विद्यार्थीले विद्यालय छाड्न बाध्य भए ? भन्ने दृष्टिकोणबाट राज्यले अनुसन्धान गरेको पाइँदैन ।

प्रकाशित मिति: : 2022-05-19 13:04:00

प्रतिकृया दिनुहोस्