यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने

यू-२० पुरुष साफ च्याम्पियनसिपको तालिका सार्वजनिक भएको छ। 

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले ९-२० साउनसम्म भारतमा आयोजना हुने प्रतियोगिताको मिति र तालिका सार्वजनिक गरेको हो। 

तालिकाअनुसार नेपालले उद्घाटन खेलमा माल्दिभ्सको सामना गर्नेछ। खेल ९ गते हुनेछ। प्रतियोतिगाको सबै खेल भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने साफले जनाएको छ। 

यस्तै नेपालले दोस्रो खेलमा ११ गते श्रीलंकाको सामना गर्नेछ। यस्तै १४ गते भारत र १७ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। 

यस्तै फाइलन खेल २० गते हुनेछ। सिंगल राउण्ड रोविनको आधारमा हुने तालिकाको शीर्षस्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन्। 
 

प्रकाशित मिति: : 2022-05-19 17:12:00

प्रतिकृया दिनुहोस्