निर्वाचनले दिएको वास्तविक सन्देश

राजधानी दैनिक

सागर पण्डित

स्थानीय तहको निर्वाचन सकिएर धमाधम परिणाम आइरहेको छ ।

२०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधिहरूको पदावधि ५ जेठ २०७९ देखि समाप्त भएको छ । त्यसैले अब केही दिनभित्रै सबै ७ सय ५३ वटै स्थानीय तहमा नयाँ जनप्रतिनिधि आउनेछन् ।

पुरानाले जितेको ठाउँमा पनि उनीहरू नयाँ म्याण्डेट लिएर आउने छन् । अब हाम्रा स्थानीय तहमा नयाँ रक्तसञ्चार हुने आशा गर्न सकिन्छ ।

विगतका जनप्रतिनिधिहरूले आफ्नो ५ वर्षे कार्यकालमा गरेका उपलब्धिहरू कति जनाले सार्वजनिक गरे वा गरेनन्? त्यो अध्ययनको विषय हुनेछ तर यदि उनीहरू साच्चै नै जनताको काम गर्न आएका थिए भने उनीहरूले आफू बाहिरिनु अघि आफ्नो कार्यकालमा भएका उपलब्धि तथा वाचा गरेर पनि पूरा गर्न नसकेका कामहरूको फेहरिस्त आफ्ना मतदाता समक्ष प्रस्तुत गर्न सक्नुपथ्र्यो तर धेरैले त्यसो गरेको पाइएन् । जसले उनीहरूको राजनीतिक संस्कार उन्नत हुन नसकेको देखायो ।

प्रकाशित मिति: : 2022-05-20 14:44:00

प्रतिकृया दिनुहोस्