कार्बाइडले पकाइएका आँप बजारमा छ्यापछ्याप्ती

राजधानी दैनिक

डा.प्रकाश बुढाथोकी

बढ्दो गर्मीसँगै चारैतिर फलको राजा तथा शास्त्रीय अमृत फल, आयुर्वेदीय औषधि आँपकै चर्चा र बाहुल्यता छ । करिब २५ प्रकारका केरोटेन्वाइडस, म्यागोफेरिल, प्रोटिन, बोसो, खनिज पदार्थ, काब्र्राेहाइड्रेट, क्यालसिम, फस्फोरस, फलाम, भिटामिन ए, सी र बी भएको आँपले शीतलता दिने र लु लाग्नबाट जोगाउँछ, बलबद्र्धक, धातुबद्र्धकको काम गर्छ ।

फलको राजा भनेर चिनिने आँप आजकल मौसममा मात्र नभई हरेक महिना फलफूल पसलमा पाइने गरेका छन् । आँप मात्र होइन केरा, स्याउ, मौसमलगायतका ताजा तथा मौसमी भनिने फलफूल बजारमा जुनसुकै मौसममा देखिने गरेका छन् । बेमौसममा यस्ता फलफूल पाइँदा र किनेर स्वास्थ्यका लागि खाँदा तथा खुवाउँदा कतै स्वास्थ्य बिगार्न हामीहरू फलफूल किन्दै त छैनौं भन्ने डर सबैमा आउँछ र हुनुपर्छ पनि । रुखमै पाकेको फल अझ भन्नुपर्दा मौसममा मात्र मौसमी फलफूल पाउन छोडेर सदाबहार फलफूल भइसकेका छन् ।

प्रकाशित मिति: : 2022-05-22 12:17:00

प्रतिकृया दिनुहोस्