'शिक्षक हुँ भन्दा पनि मान्छेले पत्याउँदैनन्'

सेतोपाटी

दिपकजंग शाही

केही दिनअघि सुर्खेतको भेरीगंगा नगरपालिका–३, डुंग्रीखोलाका शेरबहादुर वली अटोरिक्सा चढेर विद्यालयबाट घर फर्किँदै थिए। अटोरिक्सामा अर्का एक जना पनि जान खोजे। सुरूमा उनले शेरबहादुरलाई अलिक कडा स्वरमा ठाउँ सर्न भने। 

शेरबहादुर सरेपछि ती व्यक्ति अटोमा बसे। उनले शेरबहादुरलाई अनायासै सोधे, 'कहाँ गीत गाएर आयौ त भाइ?'

शेरबहादुर जन्मजात दृष्टिविहीन हुन्। प्रश्न सुनेर उनी चकित भए। 

'अटोमा चढेका ती अपरिचित मानिसलाई लाग्यो होला, म आँखा नदेख्ने मान्छे कतै गीत गाएर पैसा संकलन गरेर आएँ। तर म विद्यालयबाट घर फर्किँदै थिएँ,' शेरबहादुरले भने, 'मैले त्यस्तो होइन भनेपछि उहाँले अपांगहरूको कार्यक्रम थियो कि भनेर सोध्नुभयो। मैले विद्यालयबाट आएको हुँ भनेपछि किन विद्यालय गएको भनेर पनि सोध्नुभयो।'

ती व्यक्तिले शेरबहादुरलाई स्कुलका विद्यार्थी सोचे। शेरबहादुरले स्कुलमा पढाउँछु भने।

प्रकाशित मिति: : 2022-05-22 14:17:00

प्रतिकृया दिनुहोस्