कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन हस्तान्तरण

मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन हस्तान्तरण गरिएको छ।

रविना/अविषा जेभी निर्माण कम्पनीले गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानलाई भवनको साँचो हस्तान्तरण गरेका हुन्।

२०७७ साल असार ७ गते निर्माण सम्झौता भई भवन निर्माणको काम सुरु भएको थियो। १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले सम्झौता अवधिमा काम सम्पन्न नभएपछि म्याद थप गरेको थियो। सोमबारदेखि नयाँ प्रशासनिक भवनबाट पूर्ण रूपमा सेवा प्रवाह हुने अध्यक्ष मुक्तानले बताए। ३ करोड १८ लाख ४२ हजार रुपैयाँमा सम्झौता भएको दुई तले भवनमा २६ वटा कोठा रहेको छ।

२०७७ साल जेठ १५ गते आगलागीका कारण गाउँपालिकाको प्रिफ्यावको १८ कोठे पुरानो भवन नष्ट भएको थियो। त्यसपछि कालिकाटार मै रहेको भवानी माध्यमिक विद्यालयको भवनबाट गाउँपालिकाले सेवा सञ्चालन गरिरहेको थियो 

प्रकाशित मिति: : 2022-05-22 19:34:00

प्रतिकृया दिनुहोस्