रोल्पा : वडा अध्यक्षमा दोहोरिन खोज्ने २५ मध्ये १५ सफल

Breaknlinks
Breaknlinks

२०७४ सालको स्थानीय तह निर्वाचनमा वडाध्यमा निर्वाचित मध्ये २५ जना यस पटकको निर्वाचनमा उम्मेदवार बने। यसरी उम्मेदवार बनेका मध्ये १५ जना पुनः निर्वाचित हुँदा १० जना भने पराजित भएका छन।

निर्वाचित हुनेहरुमा त्रिवेणी गाउँपालिका वडा नं. १ का देउराम घर्तीमगर रहेका छन। उनी नेकपा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनि ४८८ मतका साथ विजयी भएका हुन।

यसैगरी त्रिवेणी गाउँपालिका वडा नं. २ का कविराज बुढामगर पुनः दोश्रो कार्यकाल वडाध्यक्षमा निर्वाचित भएका छन। नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बनेको बुढामगरले ११०६ मत प्राप्त गरी विजयी भएका थिए।

त्रिवेणी गाउँपालिका वडा नं. ५ को वडाध्यक्षमा दोश्रो कार्यकाल निर्वाचित हुने अर्का जनप्रतिनिधि हुन्, कृष्ण केसी। उनले नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बनी ७८४ मतका साथ विजयी हासिल गरेका थिए।

त्रिवेणी गाउँपालिका वडा नं. ७ का भानबहादुर घर्तीमगर दोश्रो कार्यकाल दोहोरिएका अर्का जनप्रतिनिधि हुन्। उनले एमालेको तर्फबाट उम्मेदवारी दिई ८७२ मतका साथ विजयी हासिल गरेका थिए।

रोल्पा नगरपालिका वडा नं. ५ का टोपबहादुर नेपालीले नेकपा (माओवादी केन्द्र)को तर्फबाट वडाध्यक्षको उम्मेदवार बनि ४९५ मतका साथ दोश्रो कार्यकाल वडाध्यक्ष निर्वाचित भएका छन।

सोही नगरपालिका वडा नं ६ मा दोश्रो कार्यकाल वडाध्यक्ष निर्वाचित हुन सफल तुलबहादुर घर्तीमगरले माओवादी केन्द्रको उम्मेदवार बनि ८५३ मतका साथ दोश्रो कार्यकाल वडाध्यक्ष निर्वाचित भएका छन।

रोल्पा नगरपालिका वडा नं. ९ का मीमबहादुर घर्तीमगर दोश्रो कार्यकाल वडाध्यक्ष निर्वाचित हुने अर्का जनप्रतिनिधि हुन। उनले माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनि १०३६ मतका साथ वडाध्यक्ष जितेका छन।

माडी गाउँपालिका वडा नं. २ बाट वडाध्यक्ष निर्वाचित ललित घर्तीमगर २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत निर्वाचित भएका थिए। पछिल्लो निर्वाचनमा उनी माओवादी केन्द्रको उम्मेदवार बनी ५०२ मतका साथ दोश्रो कार्यकाल वडाध्यक्ष निर्वाचित भएका हुन।

माडी गाउँपालिका वडा नं ६ का नवनिर्वाचित वडाध्यक्ष खर्कबहादुर पुन: दोश्रो कार्यकाल निर्वाचित हुने अर्का जनप्रतिनिधि हुन। उनले यस पटकको निर्वाचनमा माओवादीको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनी ७३५ मतका साथ विजयी हासिल गरेका थिए।

हरिप्रसाद घर्तीमगर परिवर्तन गाउँपालिका वडा नं. २ को वडाध्यक्षमा दोहोरिने अर्का जनप्रतिनिधि हुन। उनले माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनी ९२९ मतका साथ वडाध्यक्ष जितेका छन।

सुनछहरी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष अमरजीत पुनमगर दोश्रो कार्यकाल वडाध्यक्ष निर्वाचित भएका छन। उनी माओवादी केन्द्रको तर्फबाट उमेदवार बनी ४८७ मतका साथ विजयी भएका हुन।

नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेर दोश्रो पटक विजयी हासिल गर्ने लुंग्री गाउँपालिका वडा नं. २ का जनप्रतिनिधि हुन्, अमृत घर्तीमगर। उनले १०२९ मतका साथ दोश्रो कार्यकाल वडाध्यक्षको जिम्मेवारी लिएका छन।

लुंग्री गाउँपालिका वडा नं. ३ को वडाध्यक्षमा पुनः निर्वाचित अर्का जनप्रतिनिधि हुन्, नेमबहादुर खड्का। उनले माओवादीको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनी ५७१ मतका साथ वडाध्यक्ष जितेका छन।

नेत्रबहादुर गिरी काँग्रेसको गढमा काँग्रेसलाई हराएर दोश्रो पटक वडाध्यक्ष जित्ने पूर्व काँग्रेसी हुन। २०७४ सालको स्थानीय तह निर्वाचमा स्वतन्त्रबाट वडाध्यक्ष जितेका उनले यस पटक पनि ५०७ मतका साथ स्वतन्त्र वडाध्यक्ष जितेका हुन।

थवाङ गाउँपालिका वडा नं. ५ को वडाध्यक्षम पुनः निर्वाचित हुने अर्का जनप्रतिनिधि हुन्, गोवर्धन घर्तीमगर। उनले माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिई ३९५ मतका साथ वडाध्यक्ष जितेका हुन।

दोहोरिन खोज्दा असफल

नेकपा माओवादी केन्द्रको तर्फबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा परिवर्तन गाउँपालिका वडा नं. ३ मा ४९२ मतका साथ विजयी भएका थिए। निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका भिमबहादुर खत्रीसँग वरावर मत आएपछि भएको गोलाप्रथामा विजयी भएका डाँगी यस पटकको निर्वाचनमा भने पराजित भए।

यस पटकको निर्वाचनमा नेपाली काँग्रेसका खिमविक्रम चन्दले ४४२ मत ल्याउदा डाँगीको पक्षमा ३०३ मत आएको थियो।

२०७४ सालको स्थानीय तह निर्वाचनमा रुन्टीगढी गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका मीनबहादुर थापामगर ४०२ मतका साथ विजयी भएका थिए। उनको निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका रामचरण रानाले ४०० मत प्राप्त गरेका थिए।

यस पटकको निर्वाचनमा समेत उम्मेदवार बनेका थापामगर नेपाली काँग्रेसका उम्मेदवार थमबहादुर घर्तीमगरबाट पराजित भए। नेपाली काँग्रेसका घर्तीमगले ६३२ मत प्राप्त गर्दा थापामगरले ५९४ मत प्राप्त गरेका थिए।

२०७४ सालको स्थानीय तह निर्वाचनमा गंगादेव गाउँपालिका वडा नं २ मा माओवादी केन्द्रको उम्मेदवार बनेका भुपाल दमाईले ३५९ मत प्राप्त गरी विजयी भए। दमाईका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका कृष्ण भण्डारीले २७९ मत प्राप्त गरेका थिए।

यस पटकको निर्वाचनमा दमाई नेपाली काँग्रेसका अम्वरबहादुर खत्रीद्धारा पराजित भए। नेपाली काँग्रेसका खत्री ले ३६६ मत प्राप्त गर्दा दमाईको पक्षमा २३९ मत आएको थियो। दोश्रो हुने स्वतन्त्र उम्मेदवार टिकाराम नेपालीले २८६ मत पाएका थिए।

२०७४ सालको स्थानीय तह निर्वाचनमा खड्कबहादुर घर्तीमगरले सुनछहरी गाउँपालिका वडा नं. ४ बाट नेकपा माओवादी केन्द्रको तर्फबाट २६५ मत ल्याई विजयी भए। उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका दलप्रसाद बुढाले २०६ मत प्राप्त गरेका थिए।

यस पटकको निर्वाचनमा नेपाली काँग्रेसका हर्कराम बुढामगरको ३४६ मत आउदा घर्तीमगरले ३४३ मत ल्याएका थिए।

२०७४ सालको स्थानीय तह निर्वाचनमा रामबहादुर वलीले गंगादेव गाउँपालिका वडा नं. ४ बाट माओवादी केन्द्रको तर्फबाट ४४२ मत ल्याई विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका शेरबहादुर वली ले ३१० मत ल्याई पराजित भएका थिए।

यस पटक वली नेपाली काँग्रेसका कृष्ण वलीसँग पराजित भए। काँग्रेसका वलीले ७१२ मत ल्याई विजय हुँदा काँग्रेसका वलीको पक्षमा ३९९ मत आएको थियो।

२०७४ सालको स्थानीय तह निर्वाचनमा मानबहादुर डाँगी गंगादेव गाउँपालिका वडा नं ५ मा नेकपा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनी विजयी भएका थिए। उनले ३९५ मत ल्याउँदा उनको निटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका गंजबहादुर बुढामगरले ३४७ मत प्राप्त गरी पराजित भएका थिए।

यस पटकको निर्वाचनमा नेपाली काँग्रेसका अमृतबहादुर बुढामगर ५५४ मतका साथ विजयी हुँदा माओवादी केन्द्रका डाँगीले ४४६ मतका साथ चित्त बुझाउनु पर्यो।

२०७४ सालको स्थानीय तह निर्वाचनमा मानबहादुर खत्रीले रोल्पा नगरपालिका वडा नं. १० मा नेपाली काँग्रेसका तर्फबाट ७०८ मतका साथ वडाध्यक्षमा विजयी भएका थिए। उक्त निर्वाचनमा उनका निकटतम प्रतिस्पर्धी मतिलाल डाँगीले ६३३ मत पाएका थिए।

यस पटको निर्वाचनमा माओवादी केन्द्रका मतिलाल डाँगी र काँग्रेसका खत्रीबीच भएको प्रतिस्पर्धामा खत्री पराजित भए। डाँगीले १२५६ मत प्राप्त गर्दा खत्रीको पक्षमा ६३२ मत आएको थियो।

२०७४ सालको स्थानीय तह निर्वाचनमा तेमन घर्तीमगरले सुनछहरी गाउँपालिका वडा नं. २ को वडाध्यक्षमा मत २७५ ल्याई विजयी भएका थिए। निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका कृष्णबहादुर बुढाले २२६ मत ल्याएका थिए।

यस पटकको निर्वाचनमा काँग्रेसका घर्तीमगर र माओवादी केन्द्रका बुढामगरबीच नै प्रतिस्पर्धा भयो। उक्त प्रतिस्पर्धामा माओवादी केन्द्रका बुढामगरले ४०० मत प्राप्त गर्दा काँग्रेसका घर्तीमगरले २६६ मतमा चित्त बुझाउनु पर्‍यो।

तुलबहादुर घर्तीमगरले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट वडाध्यक्षको उम्मेदवार बनी ३४० मतका साथ विजयी भएका थिए। निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका रत्नबहादुर पुनले ३३२ मत प्राप्त गरेका थिए।

यस पटकको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार प्रेमप्रकाश केसीले ४१६ मतका साथ विजयी हुँदा एमालेका घर्तीमगरले ४१६ मतका साथ चित्त बुझाउनु परेको थियो।

२०७४ सालको स्थानीय तह निर्वाचनमा तीर्खबहादुर बुढाथोकीले सुनछहरी गाउँपालिका वडा नं. ५ मा एमालेको तर्फबाट वडाध्यक्षमा ४१३ मतका साथ विजयी भएका थिए। निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका झने घर्तीले ३५१ मत ल्याई पराजित भएका थिए।

यस पटकको निर्वाचनमा माओवादी केन्द्रका देवीलाल रोकामगरले ५३२ मत पाई विजयी हुँदा एमालेका बुढाथोकीले ४३८ मतका साथ चित्त बुझाउनु परेको थियो।

प्रकाशित मिति: : 2022-05-26 06:50:00

प्रतिकृया दिनुहोस्