यस्तो पनि हुन्छ र अमेरिकामा!

सेतोपाटी

शिवहरि खतिवडा

जिन्दगीमा बाँच्न भन्दा मर्न गाह्रो। बाँच्नको लागि त त्यतिकै बाँचिन्छ, मर्नको लागि दिनदिनै बाँच्नुपर्छ। 

प्रत्येक पल मर्नको लागि बाँच्नु जति मुश्किल अरू केही छैन। उनी एकछिन टोलाउँछिन्। उनी अर्थात् सपना। सपनालाई मैले नै बोलाएको थिएँ। कफी सपमा।

एक साथीमार्फत् उनको बारेमा सुनेपछि थप बुझ्नको लागि बोलाएको। कफी सपको बाहिर बसेर कुरा सुरू गरियो। सुरूआतमै विरत्त लाग्ने कुराले मुड बिगार्ला भन्ने लागेर उनलाई बीचैमा रोकेँ। 

धत्तेरीका के भनेको सपना तिमीले? मानिस बनेर हामीले एकपटक मात्रै देख्ने हो यो संसार। त्यही एउटा मौकाको पनि भरपुर उपयोग नगरी त्यतिकै अलाप हुने कुरा किन गर्छौ?' मेरो प्रश्न भुइँमा खस्न नपाउँदै जवाफ दिन्छिन् 'म बनेर बाँच्नुस् अनि तपाईंलाई थाहा हुन्छ बाँच्न कति गाह्रो छ।' 

प्रकाशित मिति: : 2022-05-29 14:32:00

प्रतिकृया दिनुहोस्