अर्जेन्टिना र इटाली भिड्दै

photo : info khabar
photo : info khabar

कोपा अमेरिका विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियनसिप २०२० को विजेता इटालीबीच आज(बुधबार)प्रतिस्पर्धा हुँदैछ।

इंग्ल्याण्डको वेम्वली रंगशालामा हुने खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ। लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले ब्राजिललाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो। यता, वेम्बली रंगशालामा भएको फाइनल खेलमा इटालीले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको थियो। 

यो खेलका लागि सन् २०२० को १२ फेब्रुअरीमा यूइएफए र कन्मेबोलबीच सहमति भएको थियो। यसअघि पछिल्लो पटक युरो विजेता र कोपा विजेताबीच सन् १९९३ मा अट्रेमिओ–फ्रान्ची कपको नाममा खेल भएको थियो। जसको उपाधि तत्कालिन कोपा विजेता अर्जेन्टिनाले जितेको थियो। 

यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा भने इटाली स्थान बनाउन असफल हुँदा अर्जेन्टिनाले भने समूह चरणका केही खेल बाँकी रहँदै स्थान बनाएको थियो।

प्रकाशित मिति: : 2022-06-01 16:18:00

प्रतिकृया दिनुहोस्