पदभार ग्रहणसँगै वडा अध्यक्ष खड्काले भने-५ वर्ष जनताको सेवक बन्छु

उदयपुरको कटारी नगरपालिका वडा नम्बर १० का नव निर्वाचित वडा अध्यक्ष क्षेत्रबहादुर खड्काले पदभार ग्रहण गरेका छन्। 

बुधबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडा अध्यक्षसहित सदस्यहरुले पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण पश्चात बोल्दै वडा अध्यक्ष खड्काले सबै वडावासी मतदातामा धन्यवाद दिँदै आफूले वडाबाट गर्ने काममा कसै प्रति विभेद नगरी सबैलाई समान रुपमा सेवा प्रवाह गर्ने बताए। 

उनले वडाको विकासका लागि सबैको सल्लाह अनुसार सबैसँग हातेमालो गरि काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

गाउँको विकासको लागि सबैले हातमा हात मिलाएर अघि बढ्नुको विकल्प नभएको नव निर्वाचीत अध्यक्ष खड्काले बताए।

उनले वडावासीका हरेक समस्याहरूमा आफु जानकार रहेको भन्दै ५ वर्ष हरेक नागरिकका काम सेवक भएर पूरा गर्ने बताए।

प्रकाशित मिति: : 2022-06-01 19:27:00

प्रतिकृया दिनुहोस्