विश्व ब्यांकद्वारा भ्रष्टाचारमा दण्डित कम्पनीलाई नेपालमा इम्बोस्ड नम्बर प्लेट जडान ठेक्का

हिमाल खबर

काठमाडौं

विश्व ब्यांकले लगानी गरेको बाङ्लादेशको एक परियोजनामा टाइगर आईटी बाङ्लादेश लिमिटेडले मिलिभगत, भ्रष्टाचार तथा विघ्नकारी अभ्यास गरेको भेटिएको थियो।

उक्त कम्पनी र यसका प्रमुख कार्यकारी अधिकृत जिआउर रहमानलाई विश्व ब्यांकले भ्रष्टाचारमा संलग्न भएको ठहर सहित २४ अप्रिल २०१९ मा कालोसूचीमा राखेको थियो।

टाइगर आईटी बाङ्लादेश लिमिटेडलाई नौ वर्ष ६ महीना र सीईओ रहमानलाई ६ वर्ष ६ महीनाका लागि ब्यांकले कालोसूचीमा राखेको थियो। कालोसूचीमा परेका कम्पनी र व्यक्ति सम्बद्ध कम्पनी ब्यांकका कुनै पनि अन्य परियोजनामा सहभागी हुन पाउँदैनन्।
 

प्रकाशित मिति: : 2022-06-05 19:22:00

प्रतिकृया दिनुहोस्