रूकुम पूर्वकाे भूमेमा चौथो गुरिल्ला अल्ट्रा ट्रेल रेस सुरु हुँदै 

बिएल संवाददाता

रूकुम पूर्व

भूमे युवा विकास केन्द्रको आयोजनामा चौथो  गुरिल्ला अल्ट्रा ट्रेल रेस हुने भएको छ।

असार ०३ गते बाट सुरु हुने रेसमा महिला र पुरुषले समान रुपमा भाग लिन पाउने छन्।

तीन वर्षदेखि भूमे गाउँपालिकाको आर्थिक सहयोगमा भइरहेको यो दौड प्रतियोगिताका धावकका लागी ६२ किलोमिटरको रेस हुनेछ। उक्त प्रतियोगितामा १० किलोमिटरको रेस पनि हुनेछ।

माओवादी जनयुद्ध कालमा ठूले राई अपहरण कान्डबाट चर्चित बनेको ऐतिहासिक महत गाउँबाट सुरु हुने दौडमा धावकहरु लाबाङ गाउँ धरमपानी हुँदै रोल्पाको धार्मिक स्थल जलजला उक्लेर थबाङ झरेपछि फेरी भूमेको एकिकृत कृषि अनुशन्धान केन्द्र रहेको मारिङ धुरी उक्लेर साना लेक हुँदै महत झर्ने छन्। 

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई १५ हजार, चौथोलाई ८ हजार र पाँचौदेखि दशौं स्थानसम्म आउने हरेक धावकलाई प्रोत्साहन स्वरुप ५ हजार रुपैयाँ पुरस्कार दिइने छ।

भूमे गाउँपालिकाद्वारा २०७६ मा युवाहरुको सर्वाङ्गिन  विकासको लागि स्थापना गरिएको भूमे युवा विकास केन्द्रले तिन वर्षयता गुरिल्ला अल्ट्रा ट्रेल रेस आयोजना गर्दै आएको छ।

केन्द्रले विभिन्न खेलकुदका साथै युवाको क्षमता विकास, उद्यमशिलता र समाजको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा निर्णायक तथा अर्थपूर्ण सहभागिता बढाउने कार्यक्रमहरु गर्दै आएको छ।

प्रकाशित मिति: : 2022-06-06 13:00:00

प्रतिकृया दिनुहोस्