हामीलाई काम लाग्न सक्छ विदेशीलाई अपार्टमेन्ट बेच्ने श्रीलंकन मोडल!

सेतोपाटी

विजयराज खनाल

सरकारले यसपालि बजेटमार्फत विदेशी नागरिकलाई अपार्टमेन्ट बेचेर विदेशी मुद्रा आर्जन गर्ने सोच बनाएको छ।

बजेटले एकै नक्सामा पास भएको एक सय युनिट (फ्ल्याट) भन्दा धेरै भएको अपार्टमेन्टले २० प्रतिशत बराबर अर्थात कम्तीमा २० युनिट (फ्ल्याट) विदेशीलाई बिक्री गर्न सकिने उल्लेख गरेको छ।

नेपालमा अधिकांश अपार्टमेन्ट सय युनिटभन्दा कम क्षमताका भएको भन्दै यसमा संशोधन आवश्यक रहेको व्यवसायीहरूले बताएका छन्। यसका लागि कानुनी व्यवस्था तयार हुन बाँकी रहेकाले परिमार्जन हुने सम्भावना छ।

तै पनि विदेशीलाई बिक्री गर्न अपार्टमेन्ट उपलब्ध भएमा कसरी बिक्री गर्न सकिन्छ होला?

यसको एउटा तरिका श्रीलंकन मोडल हुन सक्छ।

श्रीलंका अहिले आर्थिक संकटमा फसेको छ। यसो भन्दैमा उसले अवलम्बन गरेका सबै नीति गलत छैनन्। विदेशीलाई अपार्टमेन्ट बेच्नेबारे हामीसँग अनुभव नभएकाले उसले अपनाएको तरिका हाम्रा लागि मार्गदर्शक पक्कै हुन सक्छ।

प्रकाशित मिति: : 2022-06-09 11:05:00

प्रतिकृया दिनुहोस्