दोस्रो टी–२० मा पनि भारत दक्षिण अफ्रिकासँग पराजित 

Photo: PTI
Photo: PTI

अन्तर्राष्ट्रिय टी २० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा घरेलु टोली भारतलाई दक्षिण अफ्रिकाले ४ विकेटले पराजित गरेको छ। 

आइतबार जितसँगै दक्षिण अफ्रिकाले ५ खेलको श्रृंखलामा २–० को अग्रता बनाएको छ।

भारतले दिएको १४९ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गरेकाे हाे। दक्षिण अफ्रिकाको जितमा हेन्रिच क्लासेनले सर्वाधिक ८१ रन बनाए। भारतका भुवनेश्वर कुमारले सर्वाधिक ४ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनायो। 

भारतका श्रेयस इयरले ४० तथा इशान किशनले ३४ रन बनाए। दक्षिण अफ्रीकाका एन्रिच नोर्कियाले २ विकेट लिए।

प्रकाशित मिति: : 2022-06-13 06:21:00

प्रतिकृया दिनुहोस्