म्यानचेस्टर सिटीले सार्वजनिक गर्‍याे हालान्डलाई

Photo:mancity.com
Photo:mancity.com

इंग्लिस क्लब म्यानचेस्टर सिटीले नर्वेजियन युवा स्ट्राइकर एर्लिङ हालान्डलाई सार्वजनिक गरेको छ।

यसअघि नै सम्झौता नजिक रहेको बताएको सिटीले सोमबार औपचारिक सम्झौता गरेको छ। सम्झौताअनुसार सिटीसँग हालान्ड पाँच वर्ष रहनेछन्।

२१ वर्षीय हालान्डलाई सिटीले जर्मन क्लब बोरुसिया डर्टमन्डबाट सन् २०२७ सम्मका लागि अनुबन्ध गरेको हो। हालान्डले डर्टमन्डका लागि ८९ खेलमा ८६ गोल गरेका छन् भने नर्वेका लागि २१ खेलमा २० गोल गरेका छन्।

प्रकाशित मिति: : 2022-06-13 16:02:00

प्रतिकृया दिनुहोस्