नवनिर्वाचित पदाधिकारीलाई राखेपको स्वागत र बधाई

file photo
file photo

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा मंगलबार स्वागत तथा बधाई कार्यक्रम आयोजना गर्यो।

त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भएको कार्यक्रममा राखेप सदस्य–सचिव टंक लाल घिसिङले कार्य समितिका पदाधिकारीलाई कार्यकाल पूर्ण सफलताको शुभकामना दिदै मायाको चिनो प्रदान गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले खेलकुदको विकास र विस्तारमा खेल पत्रकारको भूमिका पनि महत्वपूर्ण हुने हुँदा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै खेलकुदको हित र खेलाडीलाई नै केन्द्र विन्दूमा राखेर काम गर्ने बताए। 

उनले एसियाली खेलकुद अनिश्चितकालका लागि स्थगित भएपनि परिषद्ले खेलाडीको प्रशिक्षणलाई निरन्तरता दिने बताउदै तयारी अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पनि उपयोगी हुने धारणा व्यक्त  गरे।

खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले खेलकुद र खेलाडीको हितका निम्ति मञ्च परिषद्संग सहकार्य गर्दै अघि बढ्ने बताए।

प्रकाशित मिति: : 2022-06-14 19:37:00

प्रतिकृया दिनुहोस्