इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

एएफसी एसियन कप छनोटको तेस्रो चरणको समूह ए को अन्तिम खेलमा नेपालले इन्डोनेसियासँग ७–० को लज्जास्पद हार बेहोरेको छ।

मंगलबार राति कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल १० खेलाडीमा सिमित रहँदै खेल टुंगाएको थियो। यो सँगै नेपाल प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको छ।

नेपालका सुमन अर्याल ११औं मिनेटमा दोहोरो पहँलो कार्डको सामना गरेका थिए। तीन खेल खेलेको नेपाल १३ गोल बेहोर्दै १ गोलमा चित्त बुझायो। नेपालको लागि एकमात्रै गोल दर्शन गुरुङले गरेका थिए।

यसअघि इन्डोनेसियाविरुद्ध मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी दोहोरो कार्डका कारण निलम्बन हुँदा नेपालको टेक्निकल एरियामा सहायक प्रशिक्षक किरण श्रेष्ठ रहेका थिए।

जुन खेलमा निरकुमार राई, शिव गुरुङले डेब्यु अवसर पाए। कप्तानमा नवयुग श्रेष्ठलाई आराम दिइदा पुजन उपरकोटीले आर्म ब्याण्ड लगाए।

इन्डोनेसियाको जितमा वितान सुलाइमानले दुई गोल गरे। यस्तै मुहमद दिमास द्रजाड, फाकरद्दिन, सादिल रामदानी, एलकान बागोट र मार्सेलिनो फेर्डिनानले एक एक गोल गरे।

हारसँगै नेपालले अंकविहीन रहदै पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ। नेपाल पहिलो खेलमा जोर्डनसँग २–० र दोस्रो खेलमा कुवेतसँग ४–१ अन्तरले पराजित भएको थियो।

समूह ए बाट जोर्डन विजेता र इन्डोनेसिया उत्कृष्ट उपविजेताको रुपमा दोस्रो चरणमा स्थान बनाए। 

हारपछि नेपालका प्रशिक्षक किरण श्रेष्ठले रातो कार्डका कारण टिम दवावमा पर्दा हार वेहोरेको बताए। 

प्रकाशित मिति: : 2022-06-15 07:23:00

प्रतिकृया दिनुहोस्