तथ्यांकले भन्छ- विवाह गर्ने उमेर घटाउनु पर्दैन

हचुवा भरमा कानुनमन्त्रीले संसदमा घोषणा गरे- विवाहको उमेर घटाउने तयारीमा छौं

सेतोपाटी

शोभा शर्मा

आजभन्दा ४८ वर्षअघि बनेको मुलुकी ऐनमा विवाह गर्न महिलाको उमेर १४ र पुरूषको १८ वर्ष पुगेको हुनुपर्ने व्यवस्था थियो। समयक्रममा उमेर हद संशोधन हुँदै महिला र पुरूष दुवैले २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाउने व्यवस्था लागू भयो।

विवाहको उक्त समान व्यवस्था लागू भएको सात वर्ष नपुग्दै सरकारले परिमार्जनको तयारी गरिरहेको कानुनमन्त्री गोविन्द बन्दीले बताएका छन्।

'हामीकहाँ १६ वर्षमा नागरिकता पाइन्छ, १८ मा भोट हाल्न पाइन्छ। विवाह गर्न भने २० वर्ष पुग्नुपर्ने कानुन छ। व्यक्तिगत रूपमा सभामुखलाई म के जानकारी गराउन चाहन्छु भने विवाह गर्न २० वर्ष कुर्नुपर्ने कुनै स्ट्यान्डर्डले देखाउँदैन। बरू यसले अपराध बढाउने काम भइरहेको छ। बाल विवाहमा सजाय भइरहेको छ,' कानुनमन्त्री बन्दीले मंगलबार संसदमा भने, 'त्यसैले यो कानुनको समीक्षा गर्नुपर्छ। यसमा कानुन मन्त्रालयले प्रक्रिया थालेको छ।'

प्रकाशित मिति: : 2022-06-17 11:46:00

प्रतिकृया दिनुहोस्