मैले पढाएको कस्तो लाग्यो?

पाँचखाल नगरपालिकाको एक अनुभव

सेतोपाटी

विजयमणि पौडेल

'मैले पढाएको कस्तो लाग्यो?'

बाल्यकालमा पढेको विद्यालयदेखि स्नातकोत्तर सकेको विश्व विद्यालयसम्म यो प्रश्न कुनै पनि शिक्षकले सोध्नु भएको याद छैन। शिक्षकहरूले धेरै प्रश्नहरू सोध्नु भयो। विभिन्न लिखित र मौखिक परीक्षाहरू लिनु भयो। हाजिरी जवाफ र वादविवाद गराउनु भयो। तर आफूले कस्तो पढाएँ भनेर कहिल्यै सोध्नु भएन। 

शिक्षकहरूले सोध्नु भयो, 'तिम्रो भविष्यको सपना के हो?'

तर उहाँहरूले कहिल्यै सोध्नु भएन, 'तिम्रो सपना पूरा गर्न मैले तिमीलाई कसरी सहयोग गरौं? कसरी सिकाऊँ?'

अलिअलि याद छ, विद्यालय निरीक्षकहरू विद्यालयमा आएको र कक्षाकोठाको पछाडि बसेर शिक्षकहरूले पढाएको हेरेको। शिक्षकहरूले सायद विद्यालय निरीक्षक र अन्य अधिकारीबाट पृष्ठपोषण र सुझाव पाउनु भयो होला। प्रधानाध्यापक र विभिन्न विज्ञबाट सुझाव पाउनु भयो होला।

प्रकाशित मिति: : 2022-06-19 13:20:00

प्रतिकृया दिनुहोस्