अन्तरिक्ष यात्री बनेकी ज्योतिको अनुभव : आँट्नुपर्छ अन्तरिक्ष टाढा लाग्दैन

शिलापत्र

काठमाडौं

हालै मात्र एनालग अन्तरिक्ष यात्राको प्रशिक्षण पूरा गरेकी दाङ राप्ति गाउँपालिकाकी ज्योति केसी आफ्नो जीवनको लक्ष्य भनेकै अन्तरिक्षमा पुग्ने भएको बताउँछिन् । यसका लागि आफू प्रारम्भिकरूपमा तयार भएकाे र आगामी दिनमा थप मेहनत गर्ने उनकाे याेजना छ । ज्याेतिसँग शिलापत्रका नवराज कुँवरले गरेकाे संक्षिप्त कुराकानीः 

 एनालग अन्तरिक्ष यात्राको प्रशिक्षण पूरा गरेपछि के हुन्छ ? 

अन्तरिक्षमा के हुन्छ, कस्ताे हुन्छ भन्नेबारे पूरापूर जानकारी लिने तालिम हाे । याे तालिममा भाग लिनका लागि निश्चित याेग्यता वा भनाैँ मापदण्ड ताेकिएकाे हुन्छ । पहिलाे त, तालिमका लागि छनाैट हुनु नै महत्त्वपूर्ण कुरा भयाे । त्यसपछि तालिम पूरा गर्नु अझ महत्त्वपूर्ण हुन्छ । अब म अन्तरिक्षमा जानका लागि धेरै कुरामा जानकार भएकी  छु । याे तालिमका क्रममा अनुसन्धान र प्रयाेगहरू गरिन्छ । मैले एकपल्ट अवसर पाएँ । यसमा सफल भएँ । म आधिकारिकरूपमा एनालग अन्तरिक्ष यात्रीको रूपमा प्रमाणित भएकी छु । 

प्रकाशित मिति: : 2022-07-03 18:03:00

प्रतिकृया दिनुहोस्