महिला फुटबल टोलीकी कप्तान रेनुका घाइते

File Photo
File Photo

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटी प्रशिक्षणको क्रममा घाइते भएकी छिन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार प्रशिक्षणको क्रममा लडेपछि रेनुकाको घाँटीमुनिको बायाँ हड्डी भाँचिएको हो।

मिडफिल्डर रेनुकाको आज नै शल्यक्रिया हुनेछ। १९औं एसियन कपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेकी रेनुकालाई घाइते भएपछि ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा लगिएको थियो। 

प्रकाशित मिति: : 2022-07-04 16:39:00

प्रतिकृया दिनुहोस्