काका पर्नेले बलात्कारपछि आमालाई जिउँदै जलाए, छोराछोरी रूँदै काट्छन् दिन

उनीहरू भन्छन्- मेरी आमालाई जस्तो संसारका अरू कुनै आमालाई नहोस्

सेतोपाटी

सविता बुढा

दार्चुलाको शैल्यशिखर नगरपालिकामा गत जेठ २५ गते जिउँदै जलाइएकी अनिभा खडायतको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

शैल्यशिखर– १, बारिलकी ४३ वर्षीया अनिभाको बलात्कार र हत्या उनकै देवर भोजराज खडायतले गरेको प्रहरीले जनाएको छ।

भोजराज पक्राउ परिसकेका छन्। उनले आफू संलग्न रहेको सकारेका छन्।

प्रहरीले भोजराजको बयानसहित अनुसन्धान प्रतिवेदन यही असार १५ गते जिल्ला सरकारी वकिललाई बुझाएको थियो। त्यसको भोलिपल्ट अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। उनी जेलमा छन्।

अनिभालाई बलात्कारको प्रतिकार गर्दा ढुंगाले टाउकोमा हानेर घाइते बनाइएको थियो। त्यसपछि शरीरमा खर र गहुँको नल राखेर जिउँदै जलाइयो।

प्रकाशित मिति: : 2022-07-05 15:42:00

प्रतिकृया दिनुहोस्