होमस्टेको हब बन्दै अन्तुडाँडा

Breaknlinks
Breaknlinks

इलामको अन्तुडाँडा होमस्टेको हब बँदै गएको छ। पछिल्लो समय सूर्योदय र सूर्यास्त हेर्न अन्तुडाँडामा बनाइएको भ्यूटावरले पर्यटकहरु यहाँ आउन रुचाउने गरेका छन्।

भ्यूटावरबाट मनमोहक दृश्य देखिने भएकाले पर्यटकहरुको घुँइचो लाग्ने गरेको छ। अन्तुडाँडाको भ्यूटावरबाट चारैतिर राम्रो दृष्यावलोकन गर्न सकिन्छ।

भ्यूटावरबाट मनमोहक दृश्य हेर्नका लागि पर्यटक आएसँगै सो क्षेत्रमा होमस्टे व्यवसाय बढ्न थालेको स्थानीय बताउँछन्।

इलाम पुगेका पर्यटकहरु पछिल्लो समय होटलहरूमा भन्दा होमस्टेमा बस्न रुचाउँछन्। मौलिकपना झल्किने रहनसहन, संस्कृति र जीवनशैली बुझ्न कतिपय विदेशी पर्यटकहरु महिनौंसम्म पनि अन्तुका होमस्टेमा बस्ने गरेका हुन्।

होमस्टेको प्रचारपसार बढेसँगै पर्यटकहरु होटेलभन्दा होमस्टेमा आकर्षित हुँदै आएको यहाँका व्यवसायीहरु बताउँछन्। होमस्टेकै कारण आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको उनीहरु बताउँछन्।

तीन वर्षअगाडिसम्म पर्यटकहरूको आकर्षणमा खासै पर्न नसकेका होमस्टेहरूसमेत विस्तारै पर्यटकहरूको रोजाइमा पर्न थालेका छन्। यहाँको राम्रो वातावरण र रहनसहनले आकर्षित बनाउने गरेको उर्लाबारीबाट श्री अन्तु पुगेको घनश्याम भण्डारीले बताए।

खासगरी पछिल्लो तीनवर्षयता बिदा, चाडपर्व र विशेष अवसरमा घुम्ने संस्कृतिको विकास भएका कारण छिमेकी जिललाका पर्यटकहरु धेरै आउने गरेका छन्।

प्रकाशित मिति: : 2022-07-17 13:47:00

प्रतिकृया दिनुहोस्