बेल्जियम र फ्रान्स अन्तिम आठमा

File Photo
File Photo

महिला युरोपियन च्याम्पियनसिप २०२२ अन्तर्गत समूह डी बाट फ्रान्स र बेन्जियम अन्तिम आठमा स्थान बनाएका छन् । सोमबार राति भएको खेलमा फ्रान्स आइसल्यान्डसँग १-१ को बराबरीमा रोकियो । अर्को खेलमा बेल्जीयमले इटालीलाई १० ले पराजित गर्‍यो।

समुह ‘डी’ को सुरुवाती दुई खेल जित्दै यसअघि नै समूह विजेताको रुमपा क्वार्टरफाइनल प्रवेश गरिसकेको फ्रान्स अन्तिम खेलमा पनि सुखद नतिजाको खोजीमा थियो।

समूह चरणको अन्तिम खेल अगावै फ्रान्सले समूह ‘सी’ को उपविजेता नेदरल्यान्ड्सलाई क्वाटर्फाइनल प्रतिद्धन्दीको रुपमा पाएको थियो।

तीन खेलमा सात अंकसहित फ्रान्स समूह डी को विजेता रह्यो । समान खेलमा चार अंक जोड्दै बेल्जिमय उपविजेताको रुपमा अन्तिम आठमा प्रवेश गर्‍यो।

तेस्रो स्थानको आइसल्यान्डको दुई र चौथो स्थानको इटालीको एक अंक रह्यो।दुबै समूह चरणबाट माथि उठ्न सकेनन्।

समूह ‘डी’ बाट फ्रान्सले दुई खेलपछि नै क्वार्टरफाइनलको टिकट काट्दा उपविजेताको दौडमा अन्य तीन टोली आइसल्यान्ड, इटाली र बेल्जियम थिए।आइसल्यान्डको दुई अंक थियो भने इटाली र बेल्जियमको समान एक अंक थियो।

गय राति बेल्जियमले इटालीलाई १-० ले निराश पार्दै क्वार्टरफाइनलको टिकट पक्का गर्‌यो।सेमिफाइनल प्रवेशका लागि बेल्जियमले समूह ‘सी को विजेता स्विडेनसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: : 2022-07-19 12:04:00

प्रतिकृया दिनुहोस्