भलिवल संघको निर्वाचन भदौ चौथो साता

नेपाल भलिवस संघ (एनभिए) को केन्द्रीय निर्वाचन भदौ चौथो साता हुने भएको छ। बिहीबार ललितपुरको एक रेस्टुरेन्टमा बसेको एनभीएको पूर्ण बैठकले २२ भदौमा निर्वाचन गर्ने निर्णय गरेको हो। 

‘निर्वाचन २२ भदौमा गर्ने निर्णय भएको छ’, बैठकमा सहभागी एक सदस्यले बताए। विगत दुई वर्षदेखि कार्यकाल समाप्त भए पनि कोभिड महामारीका कारण संघको निर्वाचन हुन सकेको थिएन। 

आगामी निर्वाचनमा निरोज मास्केले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। 
 

प्रकाशित मिति: : 2022-07-21 17:49:00

प्रतिकृया दिनुहोस्