उड्ने बित्तिकै इन्जिनमा समस्या आएपछि यतिको विमान पाेखरामा आकस्मिक अवतरण

फाइल तस्विर
फाइल तस्विर

पोखराबाट काठमाडौंका लागि उडेको जहाज ६ मिनेटमै पोखरमा ल्याण्ड गरेको छ। जहाजको इन्जिनमामा समस्या देखिएपछि जहाज ६ मिनेटमै ल्याण्ड गरेको हो।

विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीकाअुनसार यति एअरको जहाजको इन्जिनमा समस्या देखिएपछि उडेको ६ मिनेटमै ल्याण्ड गरेको थियो। ‘जहाज उडेपछि इन्डिकेटरले काम नगरेको देखियो। त्यसपछि टर्न गरेर ६ मिनेटमै ल्याण्ड गर्यो’, उनले भने।

जहाजमा ४५ यात्रु रहेको उनले सुनाए। जहाज ८ बजेर ५४ मा पोखरबाट काठमाडौंका लागि उडेको थियो।

प्रकाशित मिति: : 2022-07-29 11:14:00

प्रतिकृया दिनुहोस्