नागपोखरीमा भक्तजनहरूको भीड (फोटो फिचर)

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व मंगलबार धार्मिक परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ।

सो अवसरमा काठमाडौंको नागपोखरीमा नागको पूजा गर्ने श्रद्धालु भत्तजनहरूको को मंगलबार बिहानैदेखि घुइँचो लागेको छ।

आजै काठमाडौंको नागपोखरी, कीर्तिपुरको टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ।

तस्बिरहरू: 

प्रकाशित मिति: : 2022-08-02 09:29:00

प्रतिकृया दिनुहोस्