मैदानमै प्रेमिकालाई विवाह प्रस्ताव राख्दै किरण चेम्जाेङले भने– मेराे जीवनमा आएकाेमा धन्यवाद

नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले खेल मैदानमा प्रेमिकालाई विवाह प्रस्ताव राखेका छन्। किरणले सोमबार माल्दिभ्सको मैदानमा प्रेमिकालाई विवाह प्रस्ताव राख्दै औँठी लगाइदिएका हुन्।

माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल लिगमा उनी लिगको उत्कृष्ट गोलकिपर घोषित भएकाे अवसरमा किरणले प्रस्ताव राखेका थिए। किरणकी प्रेमिका कञ्चन निरौला एयरहोस्टेज हुन्। उनीहरू केही वर्षदेखि प्रेम सम्बन्धनमा थिए।

विवाह प्रस्ताव राख्दै किरणले प्रेमीकालाई आफ्नाे जीवनमा आएकाेमा धन्यवाद पनि दिएका छन्।

‘म तिमीलाई रोज्छु र म तिमीलाई बारम्बार रोजिरहनेछु। बिना विराम शंका नगरी म तिमीलाई रोजिरहनेछु। मेरो जीवनमा आएकोमा र मेरो उत्तारचढावमा साथ दिएको म तिमिलाई धन्यवाद दिन चाहन्छु,’ किरणले सामाजिक सञ्जालमा लेखेका छन्,‘कठिन र अप्ठ्यारो परिस्थिति तिमीले मलाई पागल जस्तै मुस्कान कसरी बनाउछौँ, इमानदारीपूर्वक तिमी मलाई खुसी बनाउँछौ। कति अचम्मको दिन र अविस्मरणीय समय म यो दिन मेरो अन्तिम सास रहुञ्जेल बिर्सने छैन।’

किरण आवद्ध ‘माजिया एससी’ले सिजनको उपाधि हात पारेको छ।

उनको टोलीले जितेको खुसीयालीको मौकामा किरनको प्रेमिका र किरनको आमाको उपस्थितीमा यो जितको दिन झनै विशेष बनाएका हुन्। किरणले माल्दिभ्सको राजधानी मालेमा प्रेमिकालाई औंठी लगाइदिएकाे फाेटाे/भिडियाे सामाजिक सञ्जालमा भाइरल भएको छ।

प्रकाशित मिति: : 2022-08-02 10:52:00

प्रतिकृया दिनुहोस्