साफ यु– २० : नेपाली टिम आज फर्कने

File Photo : ANFA
File Photo : ANFA

यु– २० साफ च्याम्पियनसिप २०२२ प्रतियोगितामा सहभागी युवा टोली आज (बिहीबार) स्वदेश फर्कदै छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार टिम आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।

भारतको भुवनेश्वमा भएको प्रतियोगितामा नेपाल दुई खेलमा जित, एक खेल बराबर र एक खेलमा हार बेहोर्दै प्रतियोगिताको फाइनल पुग्न असफल भएको थियो।

प्रतियोगिताको उपाधि लागि बंगलादेश र साबिक विजेता भारत भिड्ने छन्। भारतले फाइनलको यात्रा पक्का गरेसँगै नेपालको यात्रा समूह चरणमै सीमित बनेको छ।

प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० ले पराजित गरेको थियो। यस्तै, भारतसंग ८-० ले हार्दा बंगलादेशसंग १-१ को बराबरी खेलेको थियो।

प्रतियोगितामा शीर्ष स्थानको बंगलादेशको १० अंक, दोस्रो स्थानको भारतको ९ अंक र  तेस्रो स्थानको नेपालको ७ अंक रह्यो।  यस्तै, माल्दिभ्स र श्रीलंका समान एक अंक रह्यो।

प्रकाशित मिति: : 2022-08-04 07:43:00

प्रतिकृया दिनुहोस्