आङ सान सुकीलाई थप ६ वर्ष जेल सजाय – कहाँ हाे म्यान्मार, को हुन् सुकी?

बिएल संवाददाता

रंगुन, म्यान्मार
File Photo
File Photo

सेना शासित म्यान्मारको एक अदालतले अपदस्त नेत्री आङ सान सुकीलाई भ्रष्टाचारका चारवटा मुद्दामा दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय सुनाएको छ।

७७ वर्षीय नोबेल पुरस्कार विजेता सुकीलाई भ्रष्टाचारदेखि चुनाव उल्लंघनसम्मका कम्तिमा १८ वटा अपराधको अभियोग लगाइएको छ र करिब १९० वर्षको जेल सजाय तोकिएको छ।


'बन्दुककाे त्रास र जनताकाे माया'


आङ सान सुकीले आरोपलाई बेतुक भन्दै आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छिन्।

उनीमाथि स्वास्थ्य र शिक्षा प्रवर्द्धन गर्ने संस्था डाउ खिन की फाउन्डेसनको कोषको दुरुपयोगदेखि सरकारी स्वामित्वको जग्गा सहुलियत दरमा भाडामा दिएको आरोप लागेको छ।


बर्मेली जनताको चाहना: क्रूर शासक मिन आङ ह्लाइङलाई फाँसी!


जनताकाे अथाह प्रेम छ। मानिसहरू विभिन्न विशेषणले विभूषित गर्ने गर्छन्। उनीलाई घृणाभन्दा प्रेम गर्नेहरूकाे जमात हजाराैँ गुणा फराकिलाे छ। उनी पाैरखी, उदार स्वभावले सिञ्चेकाे चरित्र र दर्शनशास्त्रले भरिपूर्ण छिन्। सादा जीवन – उच्च विचारकी प्रतिमूर्ति, प्रजातन्त्रकाे धराेहर अर्थात् उनी हुन्– आङ सान सुकी। म्यान्मारबाट सुधा अत्रिकाे ब्लग...


‘ज्यानमारा राज्य’को अति भो ज्यादती


के छैन म्यान्मार अर्थात् पुरानो बर्मामा? सबथोक छ। तर शान्ति र स्वतन्त्रता छैन। बर्माको ग्रामीण–शहरीक्षेत्रका बासिन्दाहरूको जीवन उज्यालो छैन। उनीहरू एकवर्षदेखि कहालीलाग्दो कुहिँरोभित्र हराइरहेका छन्। अँध्यारैअँध्यारो बर्मा...


प्रकाशित मिति: : 2022-08-16 06:00:00

प्रतिकृया दिनुहोस्