अफगानिस्तानविरुद्धको अन्तिम खेल ७ विकेटले हात पार्दै पाँच टी २० अन्तर्राष्ट्रिय शृंखला घरेलु टोली आयरल्यान्डले ३-२ ले जितेको छ।
वर्षाले प्रभावित भएपछि ५६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले ६.४ ओभरमा तीन विकेट गुमाउँदै शृंखला आफ्नो पक्षमा पारेको हो।
आयरल्यान्डका पाउल स्टर्लिङ १६ रन तथा लोर्कान टकर १४ रनको योगदान गरे। अफगानिस्तानका मुजिब उर रहमानले २ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले १५ ओभरमा ५ विकेट गुमाउँदै ९५ रन बनायो। तर, फेरि वर्षा भएपछी आयरल्यान्डले डकवर्थ लेविसको आधारमा ५६ रनको लक्ष्य पायो।
अफगानिस्तानका उस्मान घानीले सर्वाधिक ४४ रन बनाए। आयरल्यान्डका मार्क आदिरले ३ विकेट लिए।
यस अघि सुरुवाती दुई खेल आयरल्यान्डले क्रमशस् ७ र ५ विकेटले जित्यो। तेस्रो र चौथो खेलमा अफगानिस्तानले क्रमशः २२ र २७ रनको जित निकालेपनी अन्तिम खेल भने गुमाउन पुग्यो।