चिया, कफी र गफका लागि ६० लाखमा खुलेको 'चिया सागर'

सेतोपाटी

जुना श्रेष्ठ

चिया, कफी र गफ।

प्रकाश पौडेल, केशवराज शर्मा र नवीन शर्मा यी तीन कुराका पारखी हुन्। राम्रो ठाउँमा मिठो चिया-कफीको चुस्की लिँदै मिठा गफ गर्नुको मजा बेग्लै।

जुनसुकै मौसममा चिया-कफी पिउन तलतल लाग्ने उनीहरू काठमाडौंका धेरै ठाउँ पुगे, सानातिना चिया पसलदेखि 'स्ट्यान्डर्ड' मानिने क्याफेसम्म।

पारखीको चित्त सजिलै कहाँ बुझ्थ्यो र!

कतिपय ठाउँमा चिया-कफी मिठो भए पनि अस्वच्छ वातावरण र नराम्रो ग्राहक सेवा। कहीँ आनन्दको वातावरणमा राम्रो ग्राहक सेवा तर नमिठो स्वाद। कहीँ त फर्केरै जान मन नलाग्ने।

'चिया-कफी, वातावरण र ग्राहक सेवा तीन वटैमा अब्बल ठाउँ भेट्न सकिएन। फुटपाथदेखि ठूला रेस्टुरेन्ट र चिया विशेष खुलेका क्याफेसम्म खायौं। तर कहीँ यो चाहिँ पक्का ठिक छ भन्ने पाएनौं,' केशवले भने, 'चिया पकाउने भाँडा सफा नहुने, चियापत्ति नफेर्ने त सामान्य भयो। केही ठाउँमा अशिष्ट व्यवहार त कहीँ महँगोमा पनि नमिठो चिया पिउनुपर्‍यो।'

प्रकाशित मिति: : 2022-08-18 13:14:00

प्रतिकृया दिनुहोस्