आइटिसी पार्लरले गर्‍यो एकदिने मेकअप कार्यक्रम

ममता आचार्य

काठमाडौं

आइटिसी पार्लर ट्रेनिङ स्कुलले एकदिने मेकअप फेसियल स्किन केयर कार्यक्रम आयोजना गरेको छ।  

शनिबार सुकेधारास्थित कार्की पार्टी प्यालेसमा आइटिसी पार्लरले मेकअप फेसियल स्किन केयरका साथै रमाइलो तीज कार्यक्रम आयोजना गरेको हो। तीज विशेष कार्यक्रमसँगै अतिथीहरुलाई सम्मान पुरस्कार समेत वितरण गरिएको थियो।

उक्त कार्यक्रममा सभापतिको रुपमा आइटिसीकी संस्थापक शोभा अर्याल, विशेष अतिथीको रुपमा नेपालको सौन्दर्यविद कमला श्रेष्ठ , डा.राजश्री श्रेष्ठ र भारतका सौन्दर्यविद कविर पन्थी रहेका थिए।

त्यस्तै प्रमुख अतिथीको रुपमा  सिटीभिटीका  उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारी र अधिकृत डिएन पराजुली रहेका थिए।

त्यसैगरी कविर पन्थीले एक जना महिलालाई मेकअप गरिदिएका थिए। योसँगै विशेष महिलाहरुलाई मेकअप गर्दा कसरी के गर्नुपर्नेबारे बताइएको थियो। 

प्रकाशित मिति: : 2022-08-20 21:01:00

प्रतिकृया दिनुहोस्