भारतीय शीर्ष नेताहरूलाई पनि बेला-बेलामा प्रशिक्षण दिन्थे प्रदीप गिरि

शिलापत्र

दिनेश प्रसाईं

नेपाली राजनीतिमा निष्ठा, आदर्श र बौद्धिक व्यक्तिका रूपमा आफ्नो विशिष्ट छवि बनाएका प्रदीप गिरि राष्ट्रिय रूपमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि चर्चित छन्।

स्वास्थ्य समस्याका कारण लामो समय अस्पतालमा उपचाररत उनको हिजो निधन भएको हो । उनको निधनको खबरले सबैलाई दुखित तुल्याएको छ । उनमा रहेको बौद्धिकता, स्पष्टता, सादगीपनको सर्वत्र चर्चा भएको छ ।

प्रदीपजीसँग मेरो विशेष भेटघाट २०६० सालदेखि भएको हो । तत्कालीन राजा ज्ञानेन्द्रको माघ १९ को दोस्रो कदमपछि उहाँसँग मेरो नयाँ दिल्लीमा भेट भयो । नयाँदिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा अनुसन्धानका सिलसिलामा भएको भेटघाट मेरा लागि निकै स्मरणीय छ ।

२०६२-६३ को लोकतान्त्रिक आन्दोलनका समयतिर हामीले नयाँदिल्लीबाट लोकतन्त्र भन्ने पत्रिका निकाल्थ्यौँ । त्यसका लागि प्रदीपजीले प्रत्येक अङ्कका लागि १० हजार रुपैयाँ जुटाइदिनुहुन्थ्यो।

उक्त पत्रिकाका लागि नेताहरूको लेख उपलब्ध गराउन उहाँले सहयोग गर्नुहुन्थ्यो । सो पत्रिकाको प्रधानसम्पादक शैलेश आचार्य हुनुहुन्थ्यो भने म कार्यकारी सम्पादक रहेको थिएँ । एक महिनादेखि दुई-तीन महिनाको अन्तरालमा निस्कने उक्त पत्रिका हामीले छ अङ्कसम्म प्रकाशन गर्‍यौँ । 

प्रकाशित मिति: : 2022-08-21 15:58:00

प्रतिकृया दिनुहोस्