सुशीलाले कुँदेको इँटा, मूल्य ५० लाख

सेतोपाटी

मनिका विश्वकर्मा

छिरबिर बत्तीको उज्यालोमा सेता भोटोहरू उज्याला भएका थिए। भोटोको छायामा भित्तातिर टाँसिएका फ्रेमका चित्रहरूले पनि कोठातिर ध्यान तानिरहेको थियो। त्यससँगै कतै कलमले मसिना काम गरेका 'पेन एन्ड इंक' चित्र थिए। कतै 'कन्सेप्चुअल' कला त कतै 'एब्स्ट्रयाक्ट'।

काठमाडौं गेस्ट हाउसस्थित मोना म्युजियममा सुशीला सिंहको कला प्रदर्शनी चलेको थियो। सुशीला दुई सन्तानकी आमा हुन्। आमा भएर धेरै कुरा सामना गरी चित्र बनाउनुपर्छ भन्ने बुझाउन चित्रसँगै बच्चाको भोटो झुन्ड्याएको उनी बताउँछिन्।

प्रकाशित मिति: : 2022-08-22 15:52:00

प्रतिकृया दिनुहोस्