गहना इन्टरनेशनल व्यूटीले गर्‍याे तीज विशेष कार्यक्रम

ममता आचार्य

काठमाडौं

 गहना इन्टरनेशनल व्यूटी एकेडेमीले बृहत् सम्मान तथा तीज विशेष कार्यक्रम आयोजना गरेको छ। 

सोमबार नेपालटारस्थित दियालो फूड ल्याण्डमा गहना व्यूटीले उक्त कार्यक्रम आयोजना गरेको हो। 

गहना इन्टरनेशनल व्यूटीकी संस्थापक कल्पना बरालकी आमा जसोदा बरालको अध्यक्षमा साे कार्यक्रम आयोजना गरिएको थियो। 

आफ्नी आमालाई प्रेरणाको स्रोत बताउँदै संस्थापक कल्पनाले भनिन्, ‘मेरो गुरु मेरी आमा हुनुन्छ। अहिले म जस्तो छु मेरी आमाको कारणले छु।’

तीजलाई मध्यनजर गरेर राखिएको कार्यक्रममा नृत्यका साथै  मेकअप प्रतिस्पर्धा गरिएकाे थियो। जसमा २५ जना सहभागी मध्ये १५ जनालाई लक्की ड्र मार्फत निशुल्क व्यूटीसियनको तालिम सिकाउने अफर गरिएको थियो। 

त्यसैगरी तीन जना मेकअप प्रतिस्पर्धी मध्ये एक जनालाई छनोट गरी व्यूटीसियन अफ द यिएर २०८९ को अवार्ड पनि दिइएको थियो।

गायिका विष्णुमाया पाैडेलले उद्घोषक गरेको कार्यक्रममा प्रमुख अतिथीको रुपमा पूर्व रक्षामन्त्री भिमसेन दास प्रधान, तारकेश्वर नगरपालिका मेयर कृष्णहरि महर्जन, उपमेयर सृजना बुर्लाकोटी र वडा अध्यक्ष कविराज बस्नेत रहेका थिए। 

त्यसैगरी विशेष अतिथीमा भने वरिष्ठ सौन्दर्यविद कमला श्रेष्ठ, व्यूटीसियन शोभा अर्याल, हास्य कलाकार उत्तम केसी, गायक तथा संगीतकार याम बराल, गायिका अनिता चलाउने, समाजिक अभियन्ता पुण्य गौतम, गायिका पूर्णकला बिसि,हास्य कलाकार महादेव त्रिपाठी, गायक कर्णराज गिरि, गायिका विष्णुमाया पाैडेललगायतको उपस्थिती रहेको थियो। 

प्रकाशित मिति: : 2022-08-23 11:13:00

प्रतिकृया दिनुहोस्