अनिल श्रेष्ठ राष्ट्रिय फुटबल टोलीको म्यानेजर

File Photo
File Photo

अखिल नेपाल फुटबल (एन्फा) ले बंगलादेशविरुद्धको खेलका लागि अनिल श्रेष्ठलाई व्यवस्थापकको जिम्मेवारी दिएको छ। श्रेष्ठ सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका व्यवस्थापक हुन्।

बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलका लागि श्रेष्ठलाई टिम व्यवस्थापकको जिम्मेवारी दिइएको हो। एन्फा महासचिव किरण राईले श्रेष्ठलाई नियुक्ति पत्र दिए। 

यसअघि मधुसुदन उपाध्यायले चार वर्षसम्म नेपाली राष्ट्रिय टिमको व्यवस्थापकको जिम्मेवारी सम्हालेका थिए। तर, ६ असारमा भएको निर्वाचनबाट एन्फामा नयाँ कार्यसमिति चयन भएसँगै उनी जिम्मेवारीमुक्त भए।

नेपालले ११ असोजमा दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्ने तालिका छ। बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि एन्फाले यसअघि कार्यवाहक प्रशिक्षकको रुपमा प्रदीप हुमागाँईलाई नियुक्त गरेको छ। 

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी विदामा रहेका कारण एन्फाले कार्यवाहक प्रशिक्षकको जिम्मेवारी हुमागाइँलाई दिएको हो। अल्मुताइरीसँग विवादका कारण टिमबाहिर रहेका १० खेलाडीलाई पनि हुमागाँईले राष्ट्रिय टिममा समेटेका छन्।

टिमको सहायक प्रशिक्षकमा युगलकिशोर राई र गोलकिपर प्रशिक्षकमा विनोद डंगोल छन्।

प्रकाशित मिति: : 2022-08-28 18:15:00

प्रतिकृया दिनुहोस्