टी–२० श्रृङखला :नेपाल केन्यासामू ७ रनले पराजित

photo : can
photo : can

टी–२० श्रृङखलाको चौथो खेलमा नेपाल केन्यासँग ७ रनले पराजित भएको छ।

नैरविस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले १ सय १ रनको विजयी लक्ष्य पाएको थियो।

२० ओभरमा सबै विकेट गुमाउँदै नेपालले ९४ रन मात्रै जोड्न सक्यो । नेपालका लागि रोहित पौडेलले ४७ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

केन्याको वलिङमा राखेप पट्टेलले सर्वाधिक ३ विकेट लिए। एलिज ओटिन्हो सेम एन्गोचे र भिराज पट्टेलले समा दुई विकेट लिए।

आज पराजित भएसँगै नेपाललाई केन्यासँगको श्रङ्खलाको उपाधि जित्न भोलि हुने अन्तिम खेलमा जित निकाल्नै पर्ने दवाव छ।
 

प्रकाशित मिति: : 2022-08-29 20:27:00

प्रतिकृया दिनुहोस्