नेपालले जित्यो केन्याविरुद्धको टी–२० श्रृखंला

photo : can
photo : can

केन्यालाई ३१ रनले पराजित गर्दै नेपालले टी–२० शृङ्खला जितेको छ।

पाँचौँ तथा निर्णायक खेलमा केन्यालाई पराजित गर्दै नेपालले शृङ्खला जितेको हो।

नेपालले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४४ रनमात्रै बनायो।

केन्याका लागि नेहेमिह ओधिआम्बोले ३७ र शेम एनगोचेले ३३ रनको योगदान दिए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र बसिर अहमदले दुई/दुई विकेट लिए ।  

रोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रन बनायो। 

नेपालका लागि ज्ञानेन्द्र मल्लले ५९, रोहित पौडेलले ४७, अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए। बलिङतर्फ केन्याका भिराज पटेल, शेम एनगाेचे र नेहेमिह ओधिआम्बोले दुई–दुई विकेट लिए। 

प्रकाशित मिति: : 2022-08-30 19:52:00

प्रतिकृया दिनुहोस्