डोल्पा प्रदेश निर्वाचन क्षेत्र (क) बाट प्रत्येक्ष तर्फ नेकपा एमाले डोल्पाका पार्टी अध्यक्ष शेर बहादुर बुढालाई उम्मेदवार सिफारिश गरिएको छ।
आगामी मंसिर ४ गते हुने प्रदेश निर्वाचनको लागि आज बुढालाई उम्मेदवार सिफारिष गरिएको हो।
डोल्पा प्रदेश क निर्वाचन समन्वय कमिटीका संयोजक बिष्णु बहादुर रोकायाको अध्यक्षतामा बसेको प्रदेश सभा क निर्वाचन समन्वय कमिटी बैठकले बुढालाई एकल उम्मेदवार सिफारिस गरेको पार्टी सचिव लंकबहादुर रोकायले जानकारी दिए।
यसअघि २०७४ सालको निर्वाचनमा बुढा जिल्ला समन्वय समिति डोल्पाका समन्वय प्रमुख निर्विरोध निर्वाचित भएका थिए। त्यसैगरि प्रदेश सभा निर्वाचन क्षेत्र (क) बाट समानुपातिक तर्फबाट बिष्णु बहादुर रोकाया,प्रिमा कुमारी शाही,प्रेमलाल बि।क लाई सिफारिस गरिएको छ।
आइतबार भित्र संघीय निर्वाचनको उम्मेदवार छनौटकार्य टुंग्याउने सचिव रोकाएले बताए।